मासिक ५० युनिट विद्युत खपत गर्नेलाई निःशुल्क विजुली प्रदान गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:३१
shares

काठमाडौं, ५ जेठ । सरकारले मासिक ५० युनिट विद्युत खपत गर्नेलाई निःशुल्क विजुली प्रदान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गएिको छ ।
नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने पनि घोषणा गरिएको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ ।



















