Dhulikhel Eco Banner new

उच्चस्तरीय तलब सुविधा आयोगको सुझाव सरकारले कार्यान्वयनमा ल्याउने

4.15K
shares

काठमाडौं, ५ वैशाख । सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव आगामी आर्थिक वर्ष २०८०÷०८१ बाट कार्यान्वयन गर्ने घोषणा गरेको छ । शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने ‘ उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव आगामी आर्थिक वर्ष बाट कार्यान्वयन गर्नेछ । व्यक्तिगत घटना दर्ता वडामा अनलाइनबाटै गरिनेछ । सामाजिक सुरक्षा भत्ता समेत अनलाइनबाटै वितरण गरिनेछ । ’

यस आर्थिक वर्षमा उच्च स्तरीय प्रशासन सुधार आयोग समेत गठन हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।