विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
वि.सं.२०८० जेठ ८ सोमवार १७:११
shares
फाइल तस्वीर
काठमाडौं, ८ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोट प्रतियोगताका प्रारम्भिक टोली छनोट गरेको छ । क्यानले बन्द पशिक्षणका लागि २२ जना खेलाडी छनोट गरेको हो ।
क्यानले रोहितकुमार पौडेले कप्तान प्रारम्भिक टोली घोषणा गरेको हो । नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।
यस्तै सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् । भारतमा हुने एकदिवशीय विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन–जुलाईमा जिम्बावेमा हुँदैछ ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।




















