ललितपुरमा जेठ १७ गतेदेखि प्रथम जुत्ता चप्पल ब्यापार मेला सञ्चालन हुँदै
वि.सं.२०८० जेठ १४ आइतवार १९:०९
shares

काठमाडौं, १४ जेठ। जेठ १७ गतेदेखि असार १७ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला २०८० संचालन हुने भएको छ ।
विशुद्ध नेपाली ब्राण्डलाई प्रोत्साहन गर्ने उद्धेश्यले उक्त मेला आयोजना गरेको आयोजक टिमले बताए । सधैजसो भृकुटिमण्डपमा प्रदर्शन हुने उक्त मेला यसपाली भने पहिलो पटक जावखेलमा फरक तरिकाले संञ्चालन गर्न लागेको समेत आयोजक टिमले बताएका छन् ।
‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त मेलामा २० देशि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेला बिहान ९ बजे देखि वेलुकी ७ः०० बजे सम्म खुल्ला आयोजक कमिटिले जनाएको छ ।
उक्त आयोजनाले ६ महिनाको ग्यारेन्टीका साथ जुत्ता उपलब्ध गराइने र यदि जुत्ता बिग्रिएको भए एक हप्ताको समयावधिमा सच्याएर दिने व्यहोरा समेत आजको प्रत्रकार सम्मेलनमा जानकारी गराएको छ ।















