सरकारले प्रस्तुत गरेको बजेट आम जनतालाई भरोसा दिलाउँने खालको छैन् : विष्णु पौडेल
वि.सं.२०८० जेठ १५ सोमवार २१:१९
shares
काठमाडौं । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको बजेटले आम जनतामा कुनै आशा भरोसा नदिने बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग उनले चलनचल्तीका कार्यक्रमहरुको घोषणा बाहेक केहि दिन नसकेको भन्दै आम जनतामा यो बजेटले कुने आशा नजगाउने उनको भनाई छ ।
उनले भने ‘समाधानको दृष्टिकोण पनि दिन सकेन् । चलनचल्तीका कार्यक्रमहरुको घोषणा बाहेक केहि दिन सकेन आम जनतामा यस्ले कुनै आशा भरोसा दिन सक्ने पनि छैन् ।’
उनले जुन मन्दीको अवस्थामा छ त्यसलाई भुलेर त्यसको उचाईबाट समाधान दिन सक्ने हिसाबले बजेट नआएको टिप्पणी गरे ।



















