सुर्यखबरले मनायाे वार्षिकोत्सब
वि.सं.२०७९ जेठ ६ शुक्रवार १४:३४
shares

काठमाडौं, ६ जेठ । सुर्यखबर डट् कमले आज आफ्नो सातौं बार्षिक उत्शव मनाएको छ ।
काठमाडौंस्थीत मध्य बानेश्वरमा रहेको सुर्यखबरको कार्यालयमा आयोजीत बार्षिक उत्सव कार्यक्रममा नेपाल प्रेश यूनियनका अध्यक्ष बद्री सिग्देलले ब्यावशायीक पत्रकारीता, लोकतन्त्र स्थापना, विकासका लागि सुर्यखबरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
उनले लोकतन्त्रको संस्थागत विकासका लागि सुर्यखबरले पुर्याएको योगदान सकारात्मक रहेको भन्दै समाजका खराब प्रबृतिका बिरुद्ध यस अनलाईनले सधैं खबरदारी गरेको बताए । अध्यक्ष सिग्देलले आफुले मिडिया क्षेत्रका लागि जिउ ज्यान दिने भन्दै सुर्यखबरको उत्तरोउत्तर प्रगतीका लागी शुभकामना दिएका थिए ।
सुर्यखबरका सम्पादक हेमराज खड्काले सुर्यखबरले जिम्मेवार पत्रकारीता गरेको दाबी गर्दै जनता र देशप्रति जवाफदेही भएर मिडियाको मर्म र भावनाअनुसार अगाडी बढेको बताए ।















