सांग्रीला डेभलोपमेन्ट बैंकद्धारा आयोजित साइकल र्यालीमा जे देखियो (भिडियो सहित)
वि.सं.२०८० जेठ २० शनिवार १२:०६
shares

काठमाडौं, २० जेठ । सांग्रीला डेभलोपमेन्ट बैंकले विश्व वातावरण दिवस मनाएको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्याली को आजोजना गरेर बैंकले यो दिवस मनाएको हो ।
उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रायोजक एवम बैंकका शुभच्छुकहरु लगायत करिब ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।
“इन्धन जोगाऔं, पृथ्वी बचाऔं”, भन्ने मुल नाराका साथ इन्धन रहित साधन(साइकल)को प्रयोग गरि ¥याली गरिएको सीइओ सुयोग श्रेष्ठले बताएका छन् । उनले भने, ‘इन्धन रहित सवारी प्रयोग गरेर इन्धन र वातावरण जोगाउन अब जनताहरुबाट नै केहि पहल हुनुपर्छ भनेर हामीले यो साइकल ¥यालीको आयोजना गरेका हौं । यसका साथै काठमाडौंमा पनि साइकल कुदाउन पाउनुपर्छ भन्ने हाम्रो उद्येश्य रहेको छ ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु गरिएको साइकल र्यालीले काठमाडौंका विभिन्न स्थान घुम्दै करिब १० कि.मि. को यात्रा तय गरेर सानो गौचरणमा र्याली समापन गरेको छ ।



















