Dhulikhel Eco Banner new

अपराध बढेसँगै क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दै कारागार

6.77K
shares

काठमाडौँ, २६ जेठ । जिल्ला कारागार बाग्लुङमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्याहरू निम्तिएका छन् ।

कारागारमा ५० पुरुष र २५ महिला गरेर कुल ७५ कैदीबन्दीको क्षमता रहेको छ । तर हाल कारागारमा १५४ पुरुष, १० महिला र दुई नाबालिका सहित कुल एकसय ६६ कैदीबन्दी रहेका छन् । ठाउँ अभावको कारणले गर्दा कैदीबन्दीहरु कोचाकोच सुत्न बाध्य भएको कार्यालय प्रमुख डिलबहादुर केसीले बताए । उनले भने, ‘महिलालाई भन्दा पनि पुरुष कैदीबन्दीहरुलाई सुत्नमा समस्या भएको छ ।’

पहाडका एक दुई जिल्ला बाहेक देशका प्राय जिल्ला कारागारमा कैदीबन्दीको संख्या धेरै रहेको कारागार व्यवस्थापन विभागका प्रवक्ता कमल प्रसाद पाण्डेले बताएका छन् । यसको समाधानको लागी खुला कारागारको योजना अनुरूप बाँके र नुवाकोटमा १००० कैदीबन्दी अटाउने दुई वटा कारागार को निर्माण कार्य सक्किएको पाण्डेले बताए ।

उनले उक्त कारागार हस्तान्तरण गरेर चाँडै सञ्चालनमा ल्याइने समेत जानकारी दिएका छन् । ‘खुला कारागारको योजना अनुरूप बाँके र नुवाकोटमा १००० कैदीबन्दी राख्ने क्षमताको दुई वटा कारागारको निर्माण कार्य सक्किएको छ ।’ उनले भने, ‘त्यो चाँडै नै हस्तान्तरण गरिदैँ छ । त्यसपछि सञ्चालनमा आउने छ ।’