आठ सयले बढ्यो सुनको मूल्य
वि.सं.२०८० असार १ शुक्रवार १२:२६
shares

काठमाडौं, १ असार । बिहीबारको तुलनामा आज सुनको मुल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिवार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले बढेर १ लाख ११ हजार ८०० रुपैयाँमा पुगेको छ ।
यस्तै,तेजावी सुनको मुल्य बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएकोमा आज मूल्य बढेर १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
बिहिबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज बढेर १ हजार ४सय २५ रुपैयाँमा कारोवार भैरहेको महासंघले उल्लेख गरेको छ ।



















