शेयर बजारमा ५३ अंकको गिरावट, कारोबार रकम ५ अर्ब ८ करोड
वि.सं.२०८० असार १७ आइतवार १५:०६
6.9K
shares
shares

काठमाडौं, १७ असार । साताको कारोबारको पहिलो दिन शेयर बजारमा भारि अंकको गिरावट आएको छ । आज ५३ दशमलव ७० अंकले गिरावट आएको शेयर बजार परिसूचक २०९७ दशमलव २९ विन्दुमा पुगेको छ ।
आइतबार २८६ कम्पनीका १ करोड १३ लाख १३ हजार १८३ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १२ दशमलव २३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३९० दशमलव ५२ विन्दुमा पुगेको छ ।



















