बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० साउन ५ शुक्रवार ०९:३०
4.28K
shares
shares

काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार आज अमेरिकी डलरको भाउ एक रुपैयाँले बढेको छ । आज एक रुपैयाँले बढेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्रिदर १३१ रुपैयाँ ४८ पैसाकायम भएको छ।
त्यस्तै युरो एकको खरिदमा १४६ रुपैयाँ ६२ पैसा र बिक्रिमा १४७ रुपैयाँ ३० पैसा कायम भएको छ। आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८९ रूपैयाँ ८७ पैसा कायम छ।
त्यस्तै कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १० पैसा रहेको छ ।















