Dhulikhel Eco Banner new

शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा बत्ति जाने

5.01K
shares

काठमाडौं, ५ साउन । भोलि (शनिबार) काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर विद्युत कटौती हुने भएको छ । विद्युत प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

लप्सीफेँदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले टेकु सबस्टेशन स्तरोन्नती गरेर टेकु(स्युचाटार लाइन चार्ज गरिरहेको छ । जसबाट टेकु, सानेपा र बल्खु क्षेत्र सबैभन्दा धेरै प्रभावित हुनेछ ।

सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने प्राधिकरणले उल्लेख गरेको छ।
कहाँ कतिबेला जान्छ बत्ति ?