मौद्रिक नीति ठिकै आयो तर लघुवित्तको केही मेजर इस्युहरुलाई समेटिएन : सिईओ लम्साल
वि.सं.२०८० साउन ११ बिहीवार १५:१९
shares

काठमाडौं, ८ साउन । लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष एवम् विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले मौद्रिक नीति ठिकै रहेको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक पछि केटीएम भ्वाससँगको कुराकानीमा उनले मौद्रिक नीति ठिकै आएपनि धेरै समेट्नुपर्ने कुरा नसमेटिएको बताएका हुन् ।
‘केही कुराहरु सकारात्मक छ तर धेरै कुराहरु आउँन बाँकी छ’ उनले भने,‘ मौद्रिक नीतिमा अध्ययन समितीको कार्यदलको रिपोर्टलाई कार्यान्वयन भनेको छ हामी त्यसलाई नै कुरिरहेका छौं ।’ उनले मौद्रिक नितीमा लघुवित्तको क्षेत्रलाई नसमेटिए पनि अरु निजी क्षेत्र र शेयर बजारलाई सकरात्मक आएको बताएका छन् ।
उनले लघुवित्तले वित्तीय पहुँच पुर्याएको कुरा समेटिए पनि लघुवित्तका केही मेजर इस्युहरुलाई नसमेटिएको बताएका छन् । उनले कार्यदलको सुझाव अनुसार आउँने भनिएको कारण राम्रो नीति आउँने कुरामा आशावादी रहेको समेत बताए ।



















