Dhulikhel Eco Banner new

सफल हुन नसकेका योजनामाथि प्रश्न उठ्नु स्वभाविक : उपाध्यक्ष श्रेष्ठ

5.23K
shares

काठमाडौं, ३२ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीन बहादुर श्रेष्ठले राम्रो योजना बनाए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । बिहीबार १६ औं राष्ट्रिय योजनाको तयारीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सडकमा पनि सदनमा पनि किन योजना बनाउन पर्यो भनेर आवाज उठेको भन्दै त्यो स्वाभाविक भएको बताए ।

‘सडकमा पनि सदनमा पनि योजना किन बनाउन प¥र्यो ? योजना बनाउँछौं राम्रो बनाउँछौं फेल हुन्छ । त्यो बनाउनुको अर्थ के छ र भनेर टिप्पणीहरु भईरहेका छन्। त्यो स्वभाविक नै हो । हामीले बनाउने योजनामा राखेको लक्ष्यपूर्ति नहुने जस्तै कृषि उद्योगका कुराहरु विभिन्न पूर्वाधारका कुराहरु आए यो सबै क्षेत्रमा काम गर्ने भनेर १३ सालमा जुन बन्यो त्यसपछि अहिले सम्म आउदा १५ वटा योजनाले केही न केही काम त बनेकै हो तर त्यसबाट भएको उपलब्धी उत्साहजनक भएन् ।’

उनले समाजिक क्षेत्रमा महिला सशक्तिकरण र समानताको कुरामा धेरै नै प्रगति गरेको बताएका छन् । देश आर्थिक विकासको क्षेत्रमा चुकेको उनको भनाई छ । अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नती एवम् व्यवसायिक क्षेत्रको सम्बद्र्धन तथा सुदृढीकरणका लागि नेपालले आर्थिक वृद्धिदर बढाउनु पर्ने बताए ।