Dhulikhel Eco Banner new

काठमाडौंमा ‘ब्रेक थ्रु विथ रोहित मल्ल’ हुने

5.97K
shares

काठमाडौं ८ भदौ । गैरनाफामुलक सामाजिक संस्था युनिर्भसटी अफ थ्रि जेनेरेसनको आयोजनामा ‘ब्रेक थ्रु विथ रोहित मल्ल’ एक दिने उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भदौ १९ गते मंगलबार काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रम सञ्चालन हुने जानकारी दिइयो ।

युवा वर्गमा विद्यामान समस्यालाई समाधान गर्दै सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने सन्देशमा कार्यक्रम केन्द्रित रहने जानकारी आयोजक संस्थाले दिएको छ । कार्यक्रममा मुख्य वक्ता युवा मोटिभेसनल स्पिकर रोहित मल्ल रहेका छन् ।

मल्लले विगत ७ वर्षदेखी मुलुकका विभिन्न स्थानमा पुगेर उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनको मुख्य प्रस्तुतिमा संघर्ष, सम्भव एवं निडर जस्ता देशव्यापी मोटिभेसनल सेमिनार सम्पन्न भइसकेको छ । विषेश त युवा वर्गमा आफ्नो करिअर कसरी बनाउने, सम्बन्ध कसरी कायम राख्ने, लागुपदार्थ दुव्र्यसनबाट कसरी पर रहने जस्ता कुरा कार्यक्रममा प्रस्तुत गरिने छ ।

वालक, बयस्क र बृद्ध तीनै पुस्तालाई एकआपसमा अन्तरक्रिया गराउदै सिक्ने सिकाउने यात्रालाई नेतृत्व गरिहेको सामाजिक संस्था युनिर्भसटी अफ थ्री जेनेरेसन आयोजक रहेको कार्यक्रममा राइट पाथ करिअर काउन्सिलिङ प्रमुख प्रायोजक रहेको छ ।

कार्यक्रममा अथिति वक्ताका रुपमा नेपाल राष्ट्रबैंकका पूर्व हाकिम, विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा रहिसकेका र हाल नबिल बैंकका सिइओ मनोज ज्ञवाली, कमेडियन एवं राजनितीज्ञ हिमेश पन्थ, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, उद्यमी विष्णुहरी पाण्डे, उद्यमी सिंहबहादुर मोक्तान तथा सामाजिक अभियन्ता÷राजनितिज्ञ पुकार बम सहभागी हुनेछन् । कार्यक्रममा एकहजार पाँचसय जना युवा सहभागी हुने आयोजकले जनाएको छ ।