Dhulikhel Eco Banner new

साताको सेयर बजार, नेप्से परिसूचकको ओरालो यात्रा जारी

8.78K
shares

काठमाडौं, १६ भदौ । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर १९९३ दशमलव ३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल २८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई सेयर कारोबार भएका थिए ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५ दशमलव ०९ ले बढेर एक हजार ९९८ दशमलव ४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २७९ कम्पनीका ३७ लाख ७९ हजार ७३१ कित्ता सेयर कारोबार भएका थिए ।

कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर १९९३ दशमलव ४२ अङ्कमा कायम भएको थियो । यस दिन २७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर २९ हजार ६४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ मा खुम्चिन पुगेको थियो ।

त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर १९९० दशमलव ५९ अङ्कमा कायम भएको छ । कुल दुई सय ७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर ३२ हजार दुई सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड आठ हजार ४१ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।