Dhulikhel Eco Banner new

स्थिर अमेरिकी डलरको मूल्य, कुन देशको विनिमय दर कति ?

6.24K
shares

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्र्वनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ २१ पैसा र बिक्री दर १४३ रुपैयाँ ८६ पैसा पुगेको छ ।  त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।