Dhulikhel Eco Banner new

युवराज सफलको टिकटक लाइभ नबस्ने घोषणादेखि भैरहवा-हङकङ उडानमा पहिलो दिन यात्रु विहिन

5.81K
shares

काठमाडौं, १७ भदौ ।  मुटुमा समस्या देखिएपछि शुक्रबार पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि शनिबार बिहान डिस्चार्ज भएका हुन् । केही असहज भएपछि शाहलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गरिएको थियो । शाहको यसअघि पनि मुटुमा समस्या देखिएको थियो । त्यसबेला उनको मुटुमा आइसिडी राखिएको थियो । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र पारसपत्नी पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

एसिया कपमा नेपालको फराकिलो हार

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३।४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । नेपालले तेस्रो विकेट पनि रन आउटकै रुपमा लिएको थियो । मुल्तानमा घरेलु दर्शकको सामुन्ने घरेलु टिम पाकिस्तानलाई हराउन ३४३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै राम्रो हुन सकेको थिएन ।

युवराज सफलले गरे अबदेखि लाइभ नबस्ने घोषणा
रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको उनको गुनासो छ । निवेदनमा उनले टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् । टिकटकमा गेमको नाममा लाखौं करोडौंको समेत कारोवार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरुले आजसम्म नेपालमा कुनै पनि राजश्व नतिरेको सफलको दाबी छ । टिकटक गेमलाई समेत करको दायरामा ल्याउन उनले माग गरेका छन् ।

भैरहवा-हङकङ उडानमा पहिलो दिन यात्रु विहिन

भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि निगमले उडान शुरू गरेको छ । तर, सो उडान भने यात्रुविहीन भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको बताए।

उनका अनुसार मलेशियाबाट साताको एक पटक भैरहवा आउने नेपाल एअरलाइन्सको विमान काठमाडौं हुँदै हङकङ र दिल्लीतर्फ जानेछ। उक्त रूटका लागि निगमले भदौ १० गतेदेखि टिकट बूकिङ खुला गरेको थियो। नेपाल वायुसेवा निगमले मलेशिया–भैरहवा रूटमा गत जेठ ३० गतेबाट उडान शुरू गरेको थियो। त्यसयता निगमले उक्त रूटमा १२ वटा उडान गरिसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो।

एक महिलाको पित्तथैली र मूत्रनलीमा भेटियो ५५ वटा पत्थरी

झापाका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका थिए । सबै जाँच प्रक्रिया पूरा भएपछि श ल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ ।

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उनका छोरा दीपककुमार साहले बताए ।
एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन् । ‘एउटै स्टोन हुँदा दुखेर बिरामी निकै पीडामा छटपटाउँछन्,’ साहलाई अस्पतालको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गरेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, ‘यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नु भएको थियो होला भनेर म चकित भएको छु ।’

अस्पतालका व्यवस्थापक मनोज दाहालले उनको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिए ।