सुन प्रतितोला चार सय रूपैयाँले बढ्याे
वि.सं.२०८० भदौ १८ सोमवार ११:३१
5.63K
shares
shares

काठमाडौँ, १८ भदौ । सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य साेमबार प्रतितोला चार सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार साेमबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० रूपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।















