प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्रीले जवाफ दिने
वि.सं.२०८३ असार ४ बिहीवार १४:२८
shares

काठमाडौं, ४ असार । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।
रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेका छन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो । तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो ।
यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् । यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।















