सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार ४ बिहीवार १५:१९
shares

काठमाडौं, ४ असार । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ४१ करोड कारोबार भएको हो । सामान्य अंकले घटेको शेयर बजारमा एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १२.५३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् ।















