Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम घट्यो

455
shares

काठमाडौं, ४ असार । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ४१ करोड कारोबार भएको हो । सामान्य अंकले घटेको शेयर बजारमा एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले गुमाएका छन् ।