हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ
वि.सं.२०८० भदौ २२ शुक्रवार ०९:२१
7.9K
shares
shares

काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ भने,युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा र बिक्री दर १४२ रुपैयाँ ९१ पैसा पुगेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६१ पैसा र बिक्री दर १६६ रुपैयाँ ३६ पैसा रहेको छ,भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



















