दिगो विकास सम्मेलनमा सहभागी हुन योजना आयोगका डा. फुयाल न्यूयोर्क प्रस्थान
वि.सं.२०८० भदौ ३० शनिवार १०:३५
shares

काठमाडौं, ३० भदौ । राष्ट्रिय योजना आयोगका डा. राम कुमार फुयाल न्यूयोर्क प्रस्थान गरेका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभा कार्यक्रमबाट आएको निमन्त्रणामा सरकारको तर्फबाट वक्ताको रुपमा सहभागि हुन लागेका हुन् । उक्त कार्यक्रममा धेरैजसो देशका राष्ट्र प्रमुखले नै सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।
उक्त कार्यक्रममा सहभागि हुँदा नेपालले दिगो विकास लक्ष्य, रोजगारी, सामाजिक सुरक्षाको क्षेत्रमा अन्तराष्ट्रिय अनुभव आदानप्रदानको अवसर हुने र यस क्षेत्रका देशहरुबीच विश्वव्यापी रोजगारी प्रवर्धन र सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ गतिशिलता हाँसिल हुने तथा रोजगारी र सामाजिक सुरक्षासँग सम्बन्धित दिगो विकास लक्ष्य प्राप्त गर्न थप सहयोग पुग्ने अनुमान रहेको छ ।















