एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण
वि.सं.२०८० कात्तिक १ बुधवार १२:०३
shares

काठमाडौं, १ कात्तिक । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।
बैंक र एफयमओ बिचको यस साझेदारीमाएफयमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम एमएस र एमइ विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



















