फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
वि.सं.२०८० मंसिर १४ बिहीवार १०:४३
shares

काठमाडौं, १४ मसिंर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्त संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको हो ।
मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।



















