Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अर्याल नियुक्त

3.98K
shares

काठमाडौं, १४ मसिंर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको छ ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) वाट बैंकिङ्ग करियर प्रारम्भ गर्नु भएका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न हुनुहन्छ ।

निजसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गर्नु भएका निजले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिनु भएको साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।

यस अघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित बाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गर्नु भएको थियो । रमेश राज अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटाशाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।