Dhulikhel Eco Banner new

अर्याल बने एनआरएनए युरोप क्षेत्रीय सचिव

5.01K
shares

माल्टा । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युराेप क्षेत्रिय सचिवमा भुवन अर्याल मनोनित भएका छन् । अर्याल माल्टाका बासिन्दा हुन् ।

अर्याललाई सचिव बनाउनका लागि अन्तराष्ट्रिय समन्वय परिषद् क्षेत्रिय संयोजकले सिफारिस गरेका थिए । संयोजकको सिफारिसमा माल्टाका अर्याल युरोप क्षेत्रिय सचिवमा मनोनित भएका हुन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बिधान २००३ (संसोधन २०२२ सहित) को परिच्छेद ६ को धारा १९ (क) अनुसार क्षेत्रिय संयोजकको सिफारिसमा क्षेत्रिय पदाधिकारीहरु वा सदस्यहरु मध्येबाट एक जना सदस्य सचिव मनोनयन गर्ने ब्यबस्था अनुसार माल्टाका आईसीसी सदस्य अर्याललाई नियुक्त गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रीय संयोजक डा. चिरन्जिवी खड्काद्वारा जारी नियुक्ति जनाइएको छ ।