Dhulikhel Eco Banner new

कृषक दिपक प्रसाद न्यौपाने सम्मानित

5.28K
shares

काठमाडौं, २४ फागुन । कृषक दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् । फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा न्यौपाने सम्मानित भएका हुन् ।

न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सम्मान पत्र प्रदान गरेका थिए । फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

न्यौपानेले कृषि पेसामा २०० जनालाई रोजगारी समेत दिएका छन् । न्यौपाने एन.सि. एग्रोटेक इण्डष्स्ट्रीज प्रा.लि, कृषक ग्रुप प्रा.लि., लक्ष्य नेपाल ट्रेडिङ्ग प्रा.लि. र एच एम इण्डष्ट्रीजका संस्थापक सञ्चालक, हिमालचुली कृषि सहरकारी संस्था लिमिटेडमा उपाध्यक्ष, राष्ट्रिय कृषि तथा व्यापार व्यवसाय संघसंस्थाहरु मार्फत सल्लाहकार तथा पदाधिकारी रहेका छन् ।