Dhulikhel Eco Banner new

माउन्टेन इनर्जी नेपालको शेयर मूल्य समायोजन

6.89K
shares

काठमाडौं, २९ फागुन । नेपाल स्टक एक्सच्नेज नेप्सेमा माउन्टेन इनर्जी नेपालको शेयर मूल्य समायोजन भएको छ । माउन्टेन इनर्जीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५५७.३९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६४१ रुपैयाँ थियो ।

माउन्टेन इनर्जीले आर्थिक वर्ष ७९÷८० को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले चैत १३ गते साधारणसभा आह्वान गरेको छ ।