Dhulikhel Eco Banner new

सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

4.71K
shares

काठमाडौं, २ चैत । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चु्क्ता पुँजीको २५ प्रतिशत शकप्रद जारी गर्ने भएको हो ।

हकप्रद जानी गर्ने प्रस्ताव सहित कम्पनीले छैठौँ वार्षिक साधारणसभा समेत आह्वान गरेको छ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायत प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे देखि हुने कम्पनीले जनाएको छ ।

कम्पनीले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।