Dhulikhel Eco Banner new

नवलपुरको उन्नती मेला सम्पन्न

4.39K
shares

नवलपुर, ४ चैत । उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीको अवलोकन पश्चात चौधरी गु्रपका प्रवन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिवद्वता व्यक्त गरेका थिए ।

चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकोले यसको व्यवसायिक प्रवर्धन गर्न उन्नती कल्चरल भिलेजले स्थापना देखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि सघाउने बताए ।

यसका लागि उन्नती कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुर विच हस्तकलाका सामाग्रीहरु उन्नती कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर प्रधान श्रेष्ठले जानकारी दिए ।

सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थियो । उन्नती कल्चरल भिलेजले स्थापना कालदेखि साहित्य, चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आईरहेको छ ।

उन्नती मेलाको उद्घाटन गर्दैै गण्डकी प्रदेशका पुर्वसचेतक÷सांसद ओमकला गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम नभए सम्म समग्र मुलुकको विकास सम्भव नहुने बताए । नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवस्था, चुनौत र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थियो । कार्यपत्रमा राज्यले ऐन, कानुन र नीति कार्यक्रम ल्याए पनि कार्यान्वयनमा फितलो भएको उल्लेख छ ।

महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरेको थियो । प्यानल छलफलका क्रममा महिला उद्यमी मञ्च बागमती प्रदेश अध्यक्ष चन्दना कोईरालाले विगतमा नेपाल कपासमा आत्मानिर्भर तथा निर्यात गरेपनि आज मुस्किलले ३ प्रतिशत पनि उत्पादन हुन नसकेको बताईन् ।

कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्ले नेपालमा कृषकको उत्पादन लागत बढी भएकोले लागत घटाउन अनुदान अन्य विकल्प खोजी आवश्यक रहेको बताएका थिए । चितवन महिला उद्यमी मञ्चकी अध्यक्ष तथा सौन्दर्य व्यवसायी सृजना स्वतीले नेपालमा व्युटिपार्लर तालिमलाई प्रभावकारी बनाउन सकेमा राम्रो माग रहेको बताईन् ।

सम्मेलनमा वागमति र गण्डकी प्रदेशका करिव ५ सय जनाले सहभागीता जनाएका थिए । सम्मेलनको सहजीकरण प्रिन्सि काफ्ले र चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।