Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार,कारोबार २ अर्ब मात्र

4.42K
shares

काठमाडौं, ५ चैत । आज सोमबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ३.२७ अंकले बढेको छ । आज बजार बन्द हुँदा सम्म ०.१५ प्रतिशतले नेप्से बढेर २०७३.५३ विन्दुमा पुगेको छ ।

आज कारोबर भने २ अर्ब मात्र भएको छ । आज ३०३ कम्पनीको शेयर ५३ हजार २५६ पटक किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँ बराबरको ७ करोड ४५ लाख ९ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ ।

आज ३०३ कम्पनीको शेयर किनबेच हुँदा १४८ कम्पनीको शेयर बढेको छ भने ८५ कम्पनीको शेयर घटेको छ । १० कम्पनीको शेयर भने स्थिर रहेको छ ।

आज ५ कम्पनीको शेयरमा सकारात्म सक्रिट लागेको छ । १३ समुहमध्ये ४ समुहको शेयर घटेको छ भने अन्यको बढेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.३० अंकले बढेर ३६९.५६ विन्दुमा पुगेको छ ।