Dhulikhel Eco Banner new

५ रुपैयाँ केजि नविकेपछि भैंसीलाई खुवाउदै भिन्डी

13.77K
shares

काठमाडौं, १६ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका किसानले भिन्डीको मूल्य नपाएपछि चौपायालाई खुवाउन थालेका छन् । प्रति किलो ५ रुपैयाँमा समेत बिक्न छाडेपछि आफूले भैंसीलाई भिन्डी खुवाउन थालेको किसान महेन्द्र केवटले बताएका छन् ।

गत बुधबार चन्द्रौटा हाटबजारमा केवटले ४० किलो भिन्डी बेच्न लगेका थिए। ५ रुपैया किलोका दरले त्यसमध्ये १० किलो मात्र बिक्री भएको केवटले गुनासो पोखे ।

उनले भने, ‘५ रुपैयाँ किलोमा समेत भिन्डी नबिकेपछि घरमै भिन्डी फिर्ता लगे, ५ रुपैयामा समेत भिन्डी नबिकेपछि घर मै पालेको भैसीलाई भिन्डी खान दिने गरेको छु ।’

कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्र चौबेले तरकारी उत्पादन बढेकाले अहिलको सिजनमा तरकारीको मूल्य घटेको उनले भने ।