तारागाउँ रिजेन्सी होटल्सको ४ प्रतिशत शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०८० चैत १२ सोमवार १७:०२
4.77K
shares
shares

काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको ७ लाख ५४ हजार ६६१.६० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।



















