Dhulikhel Eco Banner new

साताको पहिलो नेप्से १७.३० अंकले घट्यो, कारोबार ३ अर्ब माथि

4.43K
shares

काठमाडौं, १८ चैत । आज आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १७.३० अंकले घटेको छ । आज नेप्से ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा कायम भएको छ ।

आज ३ अर्ब २० करोड ५३ लाख २३ हजार रुपैयाँबराबरको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ६७ हजार ४४ पटक किनबेच भएको छ ।

आज ३१६ कम्पनीको शेयर किनबेच हुँदा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज माया खोला हाइड्रोपावरको शेयरमा भने १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको छ । निरन्तर ७ दिन देखि बढिरहेको सर्वोत्तम सिमेन्टको शेयर आज ९.९९ प्रतिशतले घटेको छ ।

आज बाकि उपसुचकहरु पनि सवै राताम्य भएको छ । समुहअन्तरगका निर्जीवन बीमा बाहेक अन्य सबै समुह राताम्य भएका छन् ।