Dhulikhel Eco Banner new

भैरहवामा एकीकृत जाँच चौकी र रसुवामा सुक्खा बन्दरगाह निर्माण गर्ने

3.64K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्र भैरहवामा एकीकृत जाँच चौकी र रसुवामा सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने भएको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री पुनले आगमी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न बजेटको विनियोजन गरेको जानकारी गराए। त्यसैगरी, कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माण पनि उनले बताए।