Dhulikhel Eco Banner new

मोदी ईनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

3.38K
shares

काठमाडौं, ३१ साउन । मोदी ईनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।

साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको हो ।

आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।