नारायणी डेभलपमेन्ट बैंकको असार ८ साधारणसभा
वि.सं.२०७९ जेठ २४ मंगलवार १२:०४
shares

काठमाडौं, २४ जेठ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असार ८ गते साधारणसभा गर्ने भएको छ । बैंकले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजारको आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । हकप्रद पश्चात् कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ ।
हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ८ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २३ गतेको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै होटल पौवा, टाडी, चितवनमा बिहान ११ बजे सभा गर्ने समेत निर्णय समेत गरेको हो ।
सधारण सभा प्रयोजनका लागि जेठ ३० गते (एक दिन) बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।















