रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना, समयमै नतिरे दैनिक दोब्बर
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १२:२७
shares

काठमाडौं, १६ कात्तिक । विश्वभर लोकप्रिय प्रविधि कम्पनी गुगललाई रुसले भयंकर धनराशि माग गर्दै जरिवाना लगाएको छ ।
रुसी च्यानलहरु युट्युबमा ब्लक गरेकोमा जरिवाना तिर्न अस्विकार गरेपछि अमेरिकी कम्पनी गुगललाई रुस सरकारले अथाह रकम बराबरको जरिवाना लगाएको हो ।
बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २।५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिवानाको फैसला गरेको हो ।
१ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिवाना तिर्न भनेको छ ।
यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । त्यतिमात्रै होइन यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान छ ।
अदालतले जरिवाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिवाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ ।
अदालतले जरिवाना रकम तिरेपछि र रुसी सञ्चार माध्यमहरु लगाइएको प्रतिबन्ध फुकुवा गरेमात्रै रुसी बजारमा गुगललाई प्रवेश दिन आदेश दिएको छ। त्यसो त युक्रेनमाथि रुसले आक्रमण गरेपछि सन् २०२२ बाट रु गुगलले रुसी बजारमा आफ्नो सम्पूर्ण व्यापार बन्द गरेको छ ।



















