Dhulikhel Eco Banner new

कुमारी धनवृद्धि योजनाको इकाई बिक्रीको आज अन्तिम म्याद

5.88K
shares

काठमाडौं, २६ जेठ । जेठ १२ गतेदेखि बिक्रीमा आएको कुमारी धनवृद्धि योजनाको इकाई आजसम्म मात्र बिक्रीमा रहने भएको छ ।
उक्त इकाई छिटो अवधि जेठ १७ गतेभित्र बिक्री नभएपछि ढिलो अवधिसम्म जेठ २६ गतेसम्म बिक्री खुला गरिएको हो ।

क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई बिक्री गर्न गरेको हो । कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री गरिएको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटलले नै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।