Dhulikhel Eco Banner new

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय, बैकल्पिक बाटो खोजिने

3.17K
shares

काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बक्यौता महसुल उठाउन बैकल्पिक बाटो खोजिने निर्णय गरेको हो।

यसअघि प्राधिकरणलाई विद्युत नियमन आयोगले मंगलबार उद्योगहरुको लाइन नकाट्न र बक्यौता महसुल उठाउने बैकल्पिक बाटो खोज्न निर्देशन दिएको थियो। आयोगले विद्युत लाइन काट्ने निर्णयले समस्या दोहोरिरहने र राजस्व पनि गुम्ने खतरा औँल्याएको थियो।

यसअघि पटक–पटक प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै आएको थियो। सरकारको निर्देशनमा पछिल्लोपटक प्राधिकरणले उद्योगहरुको लाइन जोडेर १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो। तोकिएको अवधिभित्र नतिरे फेरि लाइन काट्ने प्राधिकरणले जनाएको थियो।