शेयर बजारमा यी कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर १३ बिहीवार १५:१६
shares

काठमाडौं, १३ मंसिर । बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.३० अंकले बढेर २,७४८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन कारोबार रकम घटेर ८ अर्ब ५४ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा विशाल बजार र विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने पाचँथर पावरका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले कमाएका छन् । साथै लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् ।



















