शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ मंसिर १३ बिहीवार १५:३५
3.16K
shares
shares

काठमाडौं, १३ मंसिर । बिहीबार शेयर बजारमा ८ अर्ब ५४ करोडको कारोबार हुदा एक्सेल डेभलपमेन्ट बैंककोसर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१ करोड ८ लाख कारोबार भएको हो ।
यसदिन नेपाल फाइनान्सको २९ करोड ७४ लाख कारोबार भएको छ भने मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख कारोबार भएको छ ।
त्यसैगरी जानकी फाइनान्सको २३ करोड १६ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको २० करोड ३३ लाख कारोबार भएको छ ।



















