Dhulikhel Eco Banner new

सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु

2.51K
shares

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत एससिटि युपिआई कार्डधाराकहरूले आफ्नो एससिटि युपिआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नुहुने जनाएको छ । मंसिर १६ गतेदेखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुने जनाएको छ ।

कम्पनीका अनुसार एससिटि युपिआइ डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एसटिसिको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् । एससिटि युपिआइ कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।