Dhulikhel Eco Banner new

सेन्सेई फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा

3.39K
shares

काठमाडौं, २१ मंसिर । सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको कम्पनीले जनाएको छ ।

पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि, बीएलडीसी इन्भर्टर मोटरस् ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी, स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम, द्रुत धुलाई केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर, ८ किलो क्षमतास् ठूलो परिवारका लागि उपयुक्त लगायतका विशेषताहरू रहेको छ ।

सेन्सेई वाशिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्दछ।
सेन्सेईको नयाँ वाशिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा-कुशल बनाउन महत्वपूर्ण योगदान गर्नेछ।

सिजी इलेक्ट्रोनिक्सले नेपाल अधिराज्य भरि सेन्सेई ब्रान्ड को समान बिक्रि वितरण गर्दै आइरहेको छ । वाशिंग मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टिभी , फ्रिज हरु पनि नेपाली बजार मा सर्वत्र उपलब्ध छ।

सेन्सेई को अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाल अधिराज्य भरि सेन्सेइ को अधिकारिक डिलर वा कम्पनी को शोरूम बाट खरिद गर्न सकिन्छ ।