Dhulikhel Eco Banner new

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने

2.59K
shares

काठमाडौं, २६ मंसिर । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पुस ५ गतेदेखि ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी शेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।

एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि सि–आस्वा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।