Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.85K
shares

काठमाडौं,२६ मंसिर । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा १ लाख ५२ हजार २ सयमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा २ हजारले बढेर तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोहि मूल्य कायम भएको छ ।