Dhulikhel Eco Banner new

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको लाभांश घोषणा

2.55K
shares

काठमाडौं, २६ मंसिर । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडले ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। घोषित लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।