एकैदिन प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस ३ बुधवार १०:५८
3.6K
shares
shares

काठमाडौं, ३ पुस । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा १ लाख ५१ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ५० हजार ७ सयमा कायम भएको हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कायम भएको छ ।















